काठमाडौं - त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ ।वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको आज मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।
भक्तपुरमा डेरा गरी बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आफ्नै मोटरसाइकलको पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
उनको करिब ५५ प्रतिशत शरीर जलेको अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


0 comment