काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद रमेश लेखक मनोनित भएका छन् । 

सभापति शेरबहादुर देउवाले सांसद लेखकलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा ११३ को उपधारा १ बमोजिम प्रमुख सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन्।