काठमाडौं - नेपाली बजारमा बिहीबार सुन-चाँदी दुवैको मूल्य घटेको छ ।

बुधबारको तुलनामा सुन तोलामा २ हजार ४०० र चाँदी  १६०  रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलाको २ लाख ८४ हजार ७०० कायम भएको छ।

महासंघका अनुसार चाँदी प्रतितोलाको ४ हजार ३४० कायम भएको छ । यसअघि बुधबार  सुन प्रतितोला २ लाख ८७ हजार १०० र  चाँदी ४ हजार ५०० मा कारोबार भएको थियो ।