काठमाडौं - राहदानी विभागले दुई दिन सेवा बन्द हुने जनाएको छ।
विभागले बुधबार एक सूचना प्रकाशित गरी असार २५ र २६ गते राहदानी सेवा बन्द हुने जनाएको छ। यसअघि तयार भइसकेका राहदानी भने वितरण गरिने र अन्य सेवा पनि यथावत रहने विभागले जनाएको छ ।
मोबाइलमा राहदानी संकलनका लागि एमएमएस प्राप्त भएका सेवाग्राहीले राहदानी संकलन गर्न सक्ने विभागको सूचनामा उल्लेख छ।


0 comment