काठमाडौं - सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार म्याद थपको अनुमति दिएको हो ।
पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थपको अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। दीपक भट्टसँगको संलग्नतापछि उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ।


0 comment