काठमाडौं - साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अन्तिम–१६ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
खेलमा इजिप्टले २–० को अग्रता बनाएको थियो। तर निर्धारित समयको अन्तिम ११ मिनेट बाँकी रहँदा अर्जेन्टिनाले लगातार तीन गोल गर्दै रोमाञ्चक पुनरागमन जित दर्ता गर्यो।
पहिलो हाफमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लियोनेल मेसी त्यसलाई गोलमा परिणत गर्न असफल भएका थिए। त्यसपछि पनि टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
जितसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने २–० को अग्रता जोगाउन नसकेको इजिप्ट प्रतियोगिताबाट बाहिरिएको छ।


0 comment