काठमाडौं - संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाको मंगलबारको बैठकले पनि बहुमतले पारित गरेको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
यसअघि प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित भइसकेको थियो । दुवै सदनबाट विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेटले संघीय संसद्को प्रक्रिया पूरा गरेको छ । यसैबीच, राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ समेत प्रस्तुत गरेका छन् ।


0 comment