काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी स्टार फरवार्ड फोलारिन बालोगुनको पक्षमा हस्तक्षेप गरेपछि उनको रातो कार्डका कारण लागेको निलम्बन हटाइएको छ।

यस निर्णयसँगै उनी सोमबार बेल्जियमविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेल खेल्न पाउने भएका छन्।

प्रतियोगितामा अमेरिकाका लागि तीन गोल गरिसकेका बालोगुनले बुधबार अन्तिम ३२ को खेलमा बोस्निया–हर्जेगोभिनामाथि २–० को जितका क्रममा तारिक मुहारेमोभिचको दायाँ खुट्टाको एंकलमा अनपेक्षित रूपमा कुल्चिएपछि रातो कार्ड पाएका थिए। त्यसका कारण उनी स्वतः एक खेलका लागि निलम्बित भएका थिए।

तर फिफाले आइतबार उक्त निलम्बन अन्तिम १६ को खेलका लागि हटाइएको घोषणा गर्‍यो। यो असाधारण निर्णयपछि राष्ट्रपति ट्रम्पले फिफाको प्रशंसा गरेका छन् भने बेल्जियमको टोलीले त्यसप्रति असन्तुष्टि जनाएको छ।

सन् १९६२ यता विश्वकपमा रातो कार्ड पाएपछि खेलाडीमाथि अनिवार्य निलम्बन नलागेको यो पहिलो घटना भएको मानिएको छ।

स्रोतका अनुसार ट्रम्पले खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालोगुनलाई दिइएको रातो कार्डको पुनरावलोकन गर्न आग्रह गरेका थिए।

बालोगुनको निलम्बन हटाउने फिफाको निर्णयप्रति बेल्जियम फुटबल संघ (आरबीएफए) ले आफूहरू “स्तब्ध” भएको प्रतिक्रिया दिएको छ। बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले पनि फिफाको निर्णयको व्यंग्यात्मक आलोचना गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “सही निर्णय गरेको र ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद!”

बालोगुनको निलम्बन हटाउने फिफाको निर्णयप्रति बेल्जियम फुटबल संघ (आरबीएफए) ले आफूहरू “स्तब्ध” भएको प्रतिक्रिया दिएको छ। बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले पनि फिफाको निर्णयको व्यंग्यात्मक आलोचना गरेका छन्।

अनुवादकमार्फत बोल्दै गार्सियाले भने, “मलाई त फिफाको कार्यालयमा जुलाई ५ नै युरोपको अप्रिल १ (अप्रिल फूल्स डे) हो भन्ने थाहा थिएन।”

उनले थपे, “बेल्जियम फुटबल संघले केवल आफ्नो टोलीको मात्र होइन, समग्र फुटबलको रक्षा गरिरहेको छ। हामी खेलको निष्पक्षता र नैतिकताको पक्षमा उभिएका छौं। मेरो विचारमा विश्वकपको इतिहासमै यस्तो प्रकारको निर्णय पहिलो पटक भएको हो।”

ट्रम्पको हस्तक्षेपले फिफाको निर्णयमा प्रभाव पारेको हो वा होइन तथा यस विषयमा खेलसम्बन्धी मध्यस्थता अदालत (कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट–सीएएस) मा अपिल गर्ने बारे सोधिएको प्रश्नमा भने गार्सियाले कुनै प्रतिक्रिया दिन अस्वीकार गरे।

बेल्जियम फुटबल संघ (आरबीएफए) ले विज्ञप्ति जारी गर्दै भन्यो, “विश्वकपका सबै सहभागी टोलीहरूको वैध अधिकारको संरक्षण गर्न तथा यस प्रतियोगिता र भविष्यका संस्करणहरूमा निष्पक्ष खेलको आधारभूत सिद्धान्त कायम राख्न हामी सबै सम्भावित कानुनी विकल्पहरूको अध्ययन गरिरहेका छौं।”

अमेरिकी खेलाडीहरूले आइतबार बिहान होटलबाट प्रशिक्षणका लागि वासिङ्टन विश्वविद्यालयको हस्की सकर स्टेडियम जाँदै गर्दा बसमै सामाजिक सञ्जालमार्फत फोलारिन बालोगुन खेल्न पाउने समाचार थाहा पाएका थिए। उनीहरूलाई प्रशिक्षणस्थलमा विश्वविद्यालयको शुभंकर अलास्कन मलामुट ‘डब्स द्वितीय’ले स्वागत गरेको थियो।

फिफाले आफ्नो विज्ञप्तिमा भनेको छ, “खेल निलम्बनको कार्यान्वयन एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको छ। यदि फोलारिन बालोगुनले यस अवधिमा यस्तै प्रकृतिको अर्को गम्भीर उल्लंघन गरेमा उक्त निलम्बन स्वतः लागू हुनेछ र नयाँ उल्लंघनका लागि तोकिने थप कारबाही पनि त्यसमा थपिनेछ।”

बालोगुनलाई दिइएको रातो कार्ड यस विश्वकपकै सबैभन्दा विवादास्पद र महत्त्वपूर्ण निर्णयमध्ये एक मानिएको थियो। ब्राजिलका रेफ्री राफाएल क्लाउसले सुरुमा कुनै कार्ड दिएका थिएनन्। तर भिडियो सहायक रेफ्री मार्फत पुनरावलोकन गरेपछि उनले बालोगुनलाई सिधै रातो कार्ड देखाएका थिए।

अमेरिकी स्टार क्रिस्टियन पुलिसिकले भने “त्यो फाउल हेर्दा त्यसमा कुनै पनि खराब नियत थिएन। यस प्रतियोगितामा त्यसभन्दा धेरै गम्भीर फाउलहरू पनि भएका छन्।”

अमेरिकी फुटबल महासंघले फिफाको निर्णयबारे पूर्वी अमेरिकी समयअनुसार बिहान १०:३१ बजे फिफाको आधिकारिक अनलाइन पोर्टलमार्फत पठाइएको सन्देशबाट जानकारी पाएको जनाएको छ।

फिफाले आफ्नो विज्ञप्तिमा भनेको छ, “खेल निलम्बनको कार्यान्वयन एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको छ। यदि फोलारिन बालोगुनले यस अवधिमा यस्तै प्रकृतिको अर्को गम्भीर उल्लंघन गरेमा उक्त निलम्बन स्वतः लागू हुनेछ र नयाँ उल्लंघनका लागि तोकिने थप कारबाही पनि त्यसमा थपिनेछ।”

अमेरिकी मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले फिफाको निर्णयको स्वागत गर्दै त्यसको प्रशंसा गरेका छन्।

उनले भने “बोस्निया–हर्जेगोभिनाविरुद्ध हामीले पूर्ण रूपमा अन्यायपूर्ण निर्णयका कारण ३० मिनेट १० खेलाडीमा खेल्नुपर्‍यो। त्यो सजाय पर्याप्त भइसकेको थियो।”

सन् २००२ को विश्वकपमा अर्जेन्टिनाका लागि खेलेका पोचेटिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेको घटनाले आफूलाई अचम्म नलागेको बताए।

अमेरिकी फुटबल महासंघ (यूएसएसएफ) ले आइतबार बालोगुनलाई सञ्चारमाध्यमसँग कुरा गर्न उपलब्ध गराएन। तर उनले सामाजिक सञ्जालमा अमेरिकी समर्थकमाझ उभिएको आफ्नो तस्बिर सार्वजनिक गर्दै त्यसमा माइकल ज्याक्सनको चर्चित गीत ‘ब्याड’ समावेश गरेका थिए।

उनले भने, “म अर्जेन्टिना र युरोपको यस्तो संस्कृतिबाट आएको हुँ, जहाँ फुटबल धर्मभन्दा पनि ठूलो मानिन्छ। यदि हामी यही गति कायम राख्न सफल भयौं भने भोलिका दिनमा सबैले देख्नेछन् कि खेल कति जादुमय, अद्भुत र शक्तिशाली हुन्छ। यसले मानिसहरूलाई मात्र होइन हाम्रो जस्तो देशलाई पनि एकताबद्ध बनाउन सक्छ।”

२५ वर्षीय फोलारिन बालोगुनले यस विश्वकपमा गरेका तीन गोलमध्ये एक बोस्निया–हर्जेगोभिनाविरुद्धको निर्णायक गोल पनि थियो। उनले सन् २०१० को विश्वकपमा ल्यान्डन डोनोभानले बनाएको तीन गोलको कीर्तिमान बराबरी गरेका छन्। अमेरिकाका लागि विश्वकपमा सर्वाधिक चार गोल गर्ने कीर्तिमान भने सन् १९३० को पहिलो विश्वकपमा बर्ट पटेनोडसँग छ।

फ्रान्सेली क्लब मोनाकोबाट खेल्ने बालोगुनले गत सिजन फ्रेन्च लिग–१ मा १३ गोल गरेका थिए। उनले अमेरिकाका लागि ३० अन्तर्राष्ट्रिय खेलमा १२ गोल गरिसकेका छन्।

नर्वेका प्रशिक्षक स्ताले सोलबाकेनले निर्णयप्रति कडा आपत्ति जनाउँदै भने “अब अर्को रातो कार्ड आए के हुन्छ? के कुनै समिति बसेर त्यो पनि हटाइदिन्छ? यो निकै नराम्रो निर्णय हो, जसले विश्वकपलाई नै असर गर्छ।”

ब्रुकलिनमा नाइजेरियाली आमाबुबाबाट जन्मिएका बालोगुनको हुर्काइ भने लन्डनमा भएको थियो। उनले इंग्ल्यान्डको यू–२१ टोलीबाट खेलेपछि सन् २०२३ मा आफ्नो अन्तर्राष्ट्रिय आबद्धता परिवर्तन गर्दै अमेरिकाबाट खेल्ने निर्णय गरेका थिए।

अमेरिकी डिफेन्डर क्रिस रिचर्ड्सले बालोगुनबारे भने “उनी विपक्षी डिफेन्डरका लागि सधैं डरको कारण बन्छन्।”

सह–आयोजक अमेरिकाले सन् २००२ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्य राखेको छ। अमेरिका सन् २०१० मा घाना, २०१४ मा बेल्जियम र २०२२ मा नेदरल्यान्ड्ससँग अन्तिम १६ मा पराजित भएको थियो। सन् २००६ मा समूह चरणबाटै बाहिरिएको अमेरिका २०१८ को विश्वकपमा छनोट हुन समेत असफल भएको थियो।

अमेरिकी फुटबल महासंघ (यूएसएसएफ) ले आइतबार बालोगुनलाई सञ्चारमाध्यमसँग कुरा गर्न उपलब्ध गराएन। तर उनले सामाजिक सञ्जालमा अमेरिकी समर्थकमाझ उभिएको आफ्नो तस्बिर सार्वजनिक गर्दै त्यसमा माइकल ज्याक्सनको चर्चित गीत ‘ब्याड’ समावेश गरेका थिए।

फोलारिन बालोगुनले शुक्रबार भनेका थिए कि उनलाई रातो कार्डको सट्टा पहेंलो कार्ड दिइएको भए त्यो बढी न्यायोचित हुने थियो।

फिफाले आफ्नो निर्णय फिफा अनुशासन समितिको नियमावलीको धारा २७ मा आधारित रहेको जनाएको छ।

उक्त नियममा भनिएको छ “न्यायिक निकायले अनुशासनात्मक सजायको कार्यान्वयनलाई पूर्ण वा आंशिक रूपमा स्थगित गर्न सक्छ। सजाय स्थगित गर्दा सम्बन्धित व्यक्तिलाई एकदेखि चार वर्षसम्मको परीक्षण अवधिमा राखिन्छ।”

फिफाले गत नोभेम्बरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको एक विश्वकप छनोट खेलमा देखाइएको रातो कार्डपछि लाग्ने तीन खेलको निलम्बनमध्ये अन्तिम दुई खेल स्थगित गर्दै उनलाई विश्वकपको सुरुवातमा खेल्न दिएको थियो।

त्यस्तै अर्जेन्टिनाका डिफेन्डर निकोलास ओटामेन्डी र इक्वेडरका मिडफिल्डर मोइसेस काइसेडोको पनि अप्रिलमा देखाइएका रातो कार्डका एक–एक खेलको निलम्बन स्थगित गरिएको थियो जसका कारण उनीहरू विश्वकपको सुरुवाती खेल खेल्न पाएका थिए।

सन् १९६२ को विश्वकप सेमिफाइनलमा चिलीका विपक्षी खेलाडीलाई लात हानेपछि ब्राजिलका गारिन्चालाई रातो कार्ड दिइएको थियो। तर चिलीका राष्ट्रपति जोर्ज एलेसान्द्रीसहितको दबाबपछि उनलाई फाइनल खेल्न अनुमति दिइएको थियो, जहाँ ब्राजिलले लगातार दोस्रो उपाधि जितेको थियो।

नर्वेका प्रशिक्षक स्ताले सोलबाकेनले निर्णयप्रति कडा आपत्ति जनाउँदै भने “अब अर्को रातो कार्ड आए के हुन्छ? के कुनै समिति बसेर त्यो पनि हटाइदिन्छ? यो निकै नराम्रो निर्णय हो, जसले विश्वकपलाई नै असर गर्छ।”