काठमाडौं - बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ गैराखानमा आज दिउँसो करिब साढे ३ बजे दुर्घटनामा परेको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार दुर्घटनापछि नेपाल प्रहरीसहित सुरक्षा निकायका टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका छन्। घाइते तथा क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले जानकारी दिए।

दुर्घटनामा मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन बाँकी छ। बस सडकबाट करिब ६० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।