काठमाडौं - सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको बिहीबारको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।
पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
सम्पत्ति शुद्धीकरणको कसुरमा पौडेल केही दिनदेखि विभागको हिरासतमा रहेका छन् । पौडेललाई अनुसन्धानका लागि गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पौडेललाई बिहीबार थप ६ दिन अनुसन्धानका लागि म्याद थप गरिएको छ।


0 comment