काठमाडौ:सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा सरुवा ।

यस्तै, प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी दिइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोमा एआईजी उमा चतुर्वेदीलाई पठाइएको छ भने सीआईबीमा कार्यरत एआईजी मनोज केसीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

त्यसैगरी, मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बर विकलाई प्रशासन विभागको जिम्मेवारी दिइएको छ भने प्रहरी एकेडेमीमा कार्यरत एआईजी सिद्धीविक्रम शाहलाई कार्य विभागमा सरुवा गरिएको छ।

सरकारले प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यका साथ उच्च तहको नेतृत्वमा यो जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।