काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रोपाइँका लागि तत्काल पर्याप्त वर्षा हुने सम्भावना निकै कम रहेको जनाएको छ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहे पनि किसानहरूले अपेक्षा गरेअनुसार व्यापक र पर्याप्त वर्षा तत्काल हुने अवस्था देखिएको छैन। एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार हाल सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले मनसुन केही सक्रिय बनेको छ।
उनका अनुसार आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। यद्यपि देशभर रोपाइँका लागि आवश्यक पर्ने पर्याप्त मात्रामा वर्षा तत्काल हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ।


0 comment