काठमाडौं - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हेल्मेट नलगाई मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले ‘चिट’ काटेको छ।

मुख्यमन्त्री शाहले मंगलबार साँझ आफ्नै निवासको आँगनमा हेल्मेटबिना मोटरसाइकल चलाएका थिए। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले ट्राफिक प्रहरीलाई ट्याग गर्दै कानुनी कारबाही गर्न माग गरेका थिए।

सोही घटनापछि बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत ट्राफिक प्रहरीको टोलीले मुख्यमन्त्री शाहलाई हेल्मेट नलगाई सवारी चलाएको उल्लेख गर्दै ‘चिट’ काटेको हो। ट्राफिक प्रहरीले ‘चिट’ मुख्यमन्त्री शाहलाई नै बुझाएको थियो।