कन्चनपुर: कञ्चनपुर भिमदत्त नगरपालिका १८ बस्ने ५० बर्षीय खेम भण्डारी पक्राउ परेका छन् । गाली बेइज्जती सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत कञ्चनपुर तथा सम्मानित उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट भएको फैसला कार्यान्वयनका लागि भण्डारीलाई सोही ठाउको भिमदत्त नगरपालिका १८ पुष्पलाचोकबाट पक्राउ गरिएको हो ।
जिल्ला अदालतबाट निज भण्डारीलाई १ महिना कैद र १०,००० जरिवाना हुने फैसला भएको थियो भने उच्च अदालतले थप ७ दिन कैद र थप २ हजार १ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसैगरी निवेदक किरण बिष्टलाई १ लाख रुपैयाँ क्षतिपूर्ती समेत दिनुपर्ने फैसला भएको थियो ।
आज पक्राउ गरिएका भण्डारीलाई फैसला कार्यान्वयनका लागि सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
निर्मल पन्तको बलत्कार पछि हत्यामा भएकोमा बिबादमा तानिएका थिए भण्डारी स्थानिय पत्रकार हुन।


0 comment