काठमाडौ:पुरानो सरकारको पालामा हुन नसकेको निर्मला पन्तकोहत्या केस अनुसन्धान नयाँ सरकारले पुन सुरु गरेको छ।
निर्मला पन्तको बलात्कार र हत्या भएको ८ वर्ष पुग्न लाग्दा प्रहरीले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन गरेको छ । 

यसअघि गठन भएका समितिहरूले कुनै नतिजा दिन नसकेको र १२३ जनाभन्दा बढी शंकितहरूको डीएनए परीक्षण गर्दा पनि नतिजा नआएकोले यो नयाँ समिति गठन गरिएको हो ।  

अनुसन्धानको लागि जनस्तराबाट पटक पटक आवाज उठि रहदा पनि सरकारले त्यस तर्फ खासै चासोका साथ नहेरेको र  केस नै दबाउने प्रयास गरेकोआरोप पनि नलागेको होइन।नयाँ सरकार आए पछि निर्मला पन्त हत्याको अनुसन्धानलाइ विशेष प्राथमिकतामा राखेर अघि बढाएको छ।

प्रहरी प्रवक्ताका अनुसार एसएसपी कृष्ण पंगेनीको नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा सम्लग्न प्रहरी टोलिलाइ सफलताको लागि हाम्रो पनि शुभकामना।