काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग स्पष्टीकरण सोधेको छ ।
बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको भन्ने समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आयोगले जवाफ मागेको हो । १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कसैले पनि पार्टीको सदस्य बनाउन पाइँदैन । यदि त्यसो गरेको हो भने प्रचलित कानुन र नेपालको अन्तराष्ट्रिय प्रतिबद्धताविपरीत हुने आयोगले जनाएको छ ।
विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएपछी रास्वपाको केन्द्रिय कार्यालयमा पत्राचार गरेको हो ।


0 comment