काठमाडौं - सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको छ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक  १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेको थियो। सो दिन  २ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक उच्च अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३६५ वटा स्क्रिप्सको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ३ अर्ब  २५ करोड ८७ लाख  ५८ हजार  १४ रुपैयाँमा खरिदबिक्री भए। यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्नो रिभर्स लिमिटेडको सेयर १४.९९ प्रतिशतले बढ्यो।

टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर सर्वाधिक १४.०३ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले १३ करोड  ३९ लाख बराबरको कारोबार गर्यो। टक्सार  पिखुवा हाइड्रोपावरले ११ करोडको कारोबार गर्दा आँखु खोला जलविद्युत कम्पनी र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ९ /९करोडको कारोबार गरे।

कारोबारमा आएकामध्ये ३५ वटा स्टक्सको मूल्य बढ्दा २३५ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।