काठमाडौं - गत असार २४ गते ल्होन्देखोलामा आएको बाढीले  क्षति पुर्याएको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन जोखिममा रहेको छ ।

जोखिममा रहेको सो भवनको समयमानै पुनसंरचनाका लागि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् ।  

रसुवागढीमा  बाढीले कटान गरेको  पुरातात्त्विक  संरचना पुनःनिर्माण गर्न र खोलामा तटबन्ध निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् ।