धनगढी : कैलालीको अत्तरियास्थित विभिन्न होटलमा प्रहरीले सञ्चालन गरेको विशेष सर्च अपरेशनका क्रममा यौन व्यवसायमा संलग्न रहेको आशंकामा होटल सञ्चालकसहित १९ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिल्टन होटल, पुर्चौँडी  होटलमा एकैसाथ छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ पर्नेमा १० महिला र ९ पुरुष रहेका छन्। उनीहरूमध्ये केही होटल सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ।

डीएसपी महराले होटलहरूमा गरिएको विशेष चेकजाँचका क्रममा अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। पक्राउ परेकालाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अबैध धन्दामा समलग्न भेटिएकाहरु माथी कारवाही गरिने प्रहरीको भनाइ छ।
प्रहरीले अत्तरिया क्षेत्रमा अनैतिक गतिविधि नियन्त्रणका लागि यस्ता विशेष अपरेशनलाई निरन्तरता दिने प्रहरी नायब उपरीक्षक हिर्स सिह महराले जानकारी दिनु भएको छ।