काठमाडौ:जिल्ला काठमाडौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ जिल्ला, सिलगुडी चम्पासारी बस्ने ३४ वर्षीया मोना राय र २६ वर्षीय पंकज बोस रहेका छ्न।
काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार लाई चेकजाँच गर्ने क्रममा उनीहरूले लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ७५ ग्राम गिलो पदार्थ बरामद गरिएको हो।
लागूऔषध सहित पक्राउ परेका भारतिय नागरिकलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराईले जानकारी दिनु भयो ।


0 comment