मोरङ:विराटनगरका विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारभित्र अवैध असुली धन्दा चलाएको र कैदीबन्दीको रकम तथा भत्ता अपचलन गरेको अभियोगमा पक्राउ गरिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कबित कटवालको नेतृत्वमा उनको घर घेरा हाली खानतलासी गरेर उनलाई नियन्त्रणमा लिइएको हो। यता पक्राउ परेका गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन्।

यसअघि पनि अपहरण लगायतका विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही जेल भुक्तान गरिसकेका गिरी कारागारभित्र हुँदा समेत पटक-पटक विवादमा आउने गरेका थिए।