काठमाडौ:अवैध अमेरिकी डलर तथा सुनचाँदी सहित भारतीय नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत जिल्ला सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २५ ठहिटी बस्ने वर्ष ३३ अमित इरगोन्डा घाली रहेका छन।
काठमाण्डौंको ज्याठा ठहिटी एरियामा केही व्यक्तिहरुले अवैध रुपमा विदेशी विनिमय अमेरिकी डलर र राजश्व छली गरी सुनचाँदीहरु ओसार पसार, भण्डारण तथा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले जिल्ला काठमाण्डौं काठमाडौ महानगरपालिका वडा नं. २५ ठहिटीबाट पक्राउ गरेको हो।
प्रहरीले घालिको साथबाट नेपाली रु.७ लाख ३० हजार,अमेरिकी डलर ३४ हजार ५ सय
सुनको बिभिन्न टुक्राहरु थान-१७, तौल ७५ ग्राम ।
चाँदी बिभिन्न आकारको टुक्राहरु २ किलो ६०० ग्राम बरामद गरेको छ।
पक्राउ परेकाअमित इरगोन्डा घालीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाईएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता रामेश्वर कार्किले जानकारी दिनु भयो ।


0 comment