काठमाडौ:नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं.८ मा संचालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा जिल्ला काठमाडौं साविक मातातिर्थ गाउपालिका वडा नं. ७ ठेगाना भई बसोबास गर्ने बर्ष ४७ की चेतन ए.एम. (पौडेल) रहेका छ्न।
नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट नियमित गरिने अनुगमनको क्रममा उनिहरुले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र (NMC No.) प्राप्त नगरी बिरामीहरुको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको, बिरामीलाई औषधी सिफारिस गरिएको प्रेस्क्रिप्सन सहित फेला परेको थियो।
पक्राउ परेकाहरु माथी कारबाही गरी पाउँ भन्ने व्यहोराको नेपाल मेडिकल काउन्सिल बाँसबारीको छानविन प्रतिवेदन सहितको उजुरी पत्र यस ब्यूरोमा प्राप्त भई प्रारम्भिक अनुसन्धान पश्चात मिति २०८३।०३।०९ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट निज चेतन ए.एम. (पौडेल) को नाममा पक्राउ अनुमति लिई यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं.८ स्थितबाट चेतन ए.एम. (पौडेल) लाई पक्राउ गरेको हो ।
पक्राउ परेका माथी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रबक्ता प्रहरी बरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिनु भयो।


0 comment