काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अदालतमा उपस्थित गराइएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उनलाई  हिरासतमा राखेर अनुसन्धान अघि बढाउने कि बाहिरै राख्ने भन्ने विषयमा भएको बहस सकिएको छ । अदालतले निर्णय सुनाउन बाँकी छ ।

उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरी रातारात काठमाडौँ ल्याइएको थियो। काठमाडौँ ल्याएर उनलाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको थियो। विभागबाट उनलाई म्याद लिनका लागि विशेष अदालत लगिएको हो।