काठमाडौ:यात्रुलाई दु:ख हैरानी दिने १० जना बिचौलिया पक्राउ
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन प्रयोग गरी उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा जिल्ला धनुषा छिरेश्वरनाथ नगरपालिका ५ बस्ने प्रितम बहादुर देवकोटाको छोरा बर्ष ४० को सुर्य बहादुर देवकोटा ।
जिल्ला दोलखा भिमेश्वर नगरपालिका १ बस्ने पुस्कर बहादुर सिवाकोटीको छोरा बर्ष ३२ को प्रकाश सिवाकोटी।
जिल्ला भक्तपुर चागुनारायण नगरपालिका ९ बस्ने खुम बहादुर थापाको छोरा बर्ष ५५ को हरी भजन थापा ।
जिल्ला दोलखा बैदेश्वर गाऊपालिका ४ बस्ने दधिराम लामिछानेको छोरा बर्ष ३८ को डिल्ली प्रसाद लामिछाने।
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे गाऊपालिका ५ बस्ने दिल बहादुर तामाङ्को छोरा बर्ष २८ को सुरेश तामाङ् ।
जिल्ला सिन्धुली गोलञ्जोर गाऊपालिका २ बस्ने गुण बहादुर थापा मगरको छोरा बर्ष २७ को तिलक कुमार थापा ।
जिल्ला दोलखा भिमेश्वर नगरपालिका ८ बस्ने राम बहादुर तामाङ्को छोरा बर्ष २६ को खड्क बहादुर तामाङ् ।
जिल्ला सिन्धुली सुनकोसी गाउँपालिका ४ बस्ने मुक्तीमान श्रेष्ठको छोरा बर्ष ३६ को डोर कुमार श्रेष्ठ ।
जिल्ला ओखलढुंगा लिखु गाउँपालिका ७ बस्ने हस्त बहादुर बुढाथोकीको छोरा बर्ष ४५ को नन्द लाल बुढाथोकी ।
जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ४ बस्ने सुर्य बहादुर सापकोटीको छोरा बर्ष ३६ को राजेश सापकोटा रहेका छन।
सार्वजनिक गुनासोका आधारमा जिल्ला काठमाडौं, काय्हमाडौ ३२ कोटेश्वर/जडिबुटी क्षेत्रमा खटिएको प्रहरी टोलीले काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सह–चालकसँग सम्बन्धित केही व्यक्तिहरूले यात्रु तान्ने, यात्रुको झोला खोस्ने तथा अनावश्यक दुःख हैरानी दिने कार्य गरेको फेला पारेको थियो।
उक्त कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।


0 comment