काठमाडौ:लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले लागु पदार्थ अफिम सहित २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला बर्दिया बढैयाताल गाउपालिका वडा नं. ४ ठेगाना भएको बर्ष ३० की सन्ध्या घर्ती मगर, जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ३ ठेगाना भएको बर्ष ४२ की मिना रोकाया रहेका छन।
लामो समयको निग्रानी पश्चात नेपालको पहाडी जिल्लाहरुमा अवैध रुपमा उत्पादन गरिएको लागु औषध अफिम (चोप) खरिद संकलन गरी बिक्रीको लागी भारत तर्फ निकासी गर्न लागेको अवस्थामा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका २ जनाको साथबाट लागु औषध अफिम (चोप) १५ किलो ३४० ग्राम मोबाइल थान २ ,नेपाली नगद रु ३४ हजार बरामद गरेको छ ।
जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ३ बाट उनिहरुलाई लागु औषध अफिम सहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्वाहीको लागी इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी बर्दियामा बुझाईएको लागु औषध नियन्त्रण ब्यूरोका प्रबक्ता दुर्गाराज रेग्मीले जानकारी दिनु भयो ।


0 comment