काठमाडौं - श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले संसदमा यो ढुङ्गाहरुको देश हो कि मान्छेहरुको भन्दै प्रश्न गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरुले संसदमा लामो समयदेखि प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनु पर्छ भनेर एक महिनादेखि माग गर्दै आएको भए पनि सुनुवाई नभइरहेको बताए । उनले प्रधानमन्त्री संसदमा आएर आफ्नो अभिव्यक्ति पनि नसच्याउने, सभामुखले प्रधानमन्त्रीलाई रुलिङ पनि नगर्ने हुँदा एउटाले अर्कोलाई नटेर्ने अवस्था रहेको बताउँदै प्रश्न गरे, ‘यो देश ढुङ्गाहरुको हो कि मान्छेहरुको ?’
जिम्मेवारीले मात्र मान्छेलाई मान्छे बनाउने बताउँदै सांसद साम्पाङले भात खाएर, टाइसुट र राम्रो लुगा लगाएर हिंड्दैमा, चिल्लो चाप्लो गाडी चढ्दैमा र ठूलो घरमा बस्दैमा मान्छे नबन्ने बताए । सांसद राईले मान्छेमा नैतिकता र जवाफदेहिता चाहिने बताउँदै सांसद राईले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनै पर्ने बताए ।


0 comment