काठमाडौ:जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ फुटबल ग्राउण्ड स्थितमा प्रहरीले प्रयोग गर्ने Walkie-Talkie सेट देखाई ‘म प्रहरी हुँ’ भनि धाक धम्कि दिएको भन्ने जानकारी प्राप्त भइ प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी टोलीले एकजनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३ घर भइ बस्ने वर्ष ४७ को शैलेश डंगोल रहेका छन।
डंगोललाई निजले प्रयोग गर्ने प्रदेश ३-०१-०२३ च २५३० नं को सवारी साधनमा रहेको BAOFENG नाम गरेको Walkie-Talkie थान १, ब्लु बुक थान १ र सूचना तथा प्रसारण विभागबाट प्रभाव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधि भनी निज शैलेस डंगोलको नाममा जारी भएको नवीकरण नगरिएको पत्रकार परिचय पत्र थान १ सहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका डंगोल माथि काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिइ प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनु भयो ।


0 comment