काठमाडौं - आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दु कायम भएको छ। 

आज ३५० वटा स्क्रिप्सको ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँमा खरिदबिक्री भए। 

आज सेयर बजारमा ८२ कम्पनीका सेयरमूल्य बढे भने १७८ कम्पनीका सेयर मूल्यमा गिरावट आयो। जसमा १३ को सेयर स्थिर रहे। सामान्य अंकले घटेको बजारमा सोपान र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  बोटलर्स नेपालको ८.३३ र  अपर लाहोरेको ६.०७ प्रतिशत वृद्धि भयो। 

कारोबार रकमका आधारमा सिटी होटल शीर्ष स्थानमा रह्यो। सीटी होटलको २३ करोड ६३ लाख बराबरको सेयर कारोबार भयो।