काठमाडौं - तराई-मधेश फाष्ट ट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा ईञ्जिनियर र चालकको मृत्यु भएको छ ।  बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१-०३३च२१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्रयाकको गाडी) सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा फाष्ट ट्याकमा कार्यरत ईञ्जिनियर बारा पचरौता नगरपालिका-७ का २१ वर्षीय सुर्य यादव र सिन्धुली कमालामाई नगरपालिका- ९ भिमानका चालक एवम् सेनाको भुपु हवल्दार बोधराज बुढाथोकीको मृत्यु भएको हो।

 गम्भीर घाइते भएका उनीहरुलाई प्रहरी र सेनाले हेटौडा अस्पतालमा पुर्‍याइएको थियो। चेक गर्दा डाक्टरले दुवै जनालाई मृत घोषणा गरेपछि शब अस्पतालमा राखिएको छ।