किराना पसलबाटै साधनाले चलाइरहेकी थिइन् दुई नम्बरी धन्दा कसैले प्रहरीलाई खबर गरिदिएपछि खुल्यो सबै पोल खुलेको थियो ।

किराना पसलमा बसेर चरेस कारोबार गर्दै आएकी एक युवतीलाई प्रहरीले बझाङबाट नियन्त्रणमा लिएको छ। प्रहरीले बझाङको एक किराना पसलबाट चरेस सहित एक जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१० बसपार्कस्थित किराना पसलबाट २५ वर्षीया साधना बोहरा रहेकी छिन।
बोहरालाइ लागुपदार्थ चरेस सहित नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ। 

गोप्य सूचनाको आधारमा प्रहरीले किराना पसलमा छापा मारेको थियो।प्रहरीले त्यसक्रममा ३ सय १४ ग्राम ८४० मिलिग्राम चरेस फेला परेको थियो। चरेस बरामद भएपछि प्रहरीले साधनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ।