काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । आज संसदीय सुनुवाइपछि शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । अब राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।
शर्माले संसदीय सुनुवाइ समितिमा न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना पेस गरेका थिए ।संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


0 comment