काठमाडौं - प्रहरीले सिरहामा बेवारिसे अवस्थामा २७६ किलो गाँजा फेला पारेको छ । शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको सिरहा प्रहरीले जनाएको छ ।
उक्त गाँजाा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । गाँजाको वास्तविक मालिक हो हुन् भन्ने बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ । तस्करहरुले सुरक्षाकर्मीलाई देखेपछि गाँजा छाडेर फरार भएको अनुमान गरिएको छ ।


0 comment