पर्सा:लागु औषध सेवनकर्ता खोजी एंव सुधार महा अभियान अन्तर्गत  जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कटगेनवा स्थित सडकखण्डमा यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकि  मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३२ परसवा बस्ने वर्ष २० को राहुल सिंह  ,जिल्ला बारा सिमरा जितपुर उप-महानगरपालिका वडा नं.७ खालका टोल बस्ने वर्ष १९ को नन्दन गुप्ता रहेका छन।

 ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाईकलमा सवार भेडियाहीबाट मिलचोलतर्फ आउँदै गरेकोका व्यक्तिहरू माथि शंका लागि उक्त मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलमा सवार व्यक्तिहरूले लगाएको पाइन्टमा लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन प्लाष्टिक सहित ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद  गरी लागु औषध नियन्त्रण ऐन सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता हरि बहादुर बस्नेतले जानाकारी दिनु भयो ।