काठमाडौ:जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका ३ थानकोट खरिबोट  स्थित धारिलो हतियार प्रहार भएको भन्ने सूचना प्राप्त भए पश्चात प्रहरी टोली गई बुझ्दा जिल्ला महोत्तरी घर भै चन्द्रागिरी नगरपालिका ३ खरिवोट बस्ने वर्ष ३८ को समि अहमदले घरयासी विवादमा  आफ्नो सालो नाता बताउने जिल्ला महोत्तरी  गौशाला नगरपालिका ५ घर हुने वर्ष २५ को  जाकिर मन्सुरीलाई धारिलो हतियार (तरकारी काट्ने चक्कु)प्रहार गरी घाईते बनाएका थिए।

 चक्कु प्रहारबाट घाईते लाई तत्काल उपचारको लागी सतुङ्गल स्थित मेड पोईन्ट अस्पतालमा लगीएकोमा उपचारको क्रमा समयमा चिकित्सकले मृत घोषणा गरेको, चक्कु प्रहार गर्ने मानिस र घटनामा प्रयोग भएको चक्कु प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेको,घटनास्थल लास जाच मुचुल्का पछि लास पोस्टमार्टमको लागि टिचिङ्ग हस्पिटल पठाईएको अनुसन्धानकार्य जारी  रहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारि दिनुभयो।