काठमाडौं - प्युठानको माण्डवी गाउँपालिका १ डाम्रीखोलास्थित देविस्थान दाङ सडकखण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी  प्युठान नगरपालिका ४ का २४ वर्षीय चालक दिलिप परियार र मल्लरानी गाउँपालिका–५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

बिहिवार राती करिब १ बजे लु.प्र.०२-००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुबै जना सवारी चालक हुन्।