काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपतिले अधिकारीलाई सचिवमा नियुक्त गरेका छन् । सभामुख अर्यालले हर्कराज राईलाई हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका थिए।

निजामती सेवामा २४ वर्षको अनुभव भएका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । संखुवासभा खाँदबारी नगरपालिका– ३ का अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।