काठमाडौं - नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको केही दिनपछि उनको राजीनामा आएको हो । सरकारलाई काम गर्न सजिलो होस् भनेर उनले मार्ग प्रशस्त गरेका हुन् । भट्टलाई अघिल्लो सरकारले  नियुक्त गरेको थियो ।