जापानमा ठूलो लागूऔषध तस्करी प्रकरणमा २ नेपालीसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले करिब २१५ किलो लागूऔषध बरामद गरेको जनाएको छ, जसको मूल्य ११ अर्बभन्दा बढी रहेको बताइएको छ।

पक्राउ पर्नेमा ऐची प्रिफेक्चरमा बस्दै आएका गिरी कृष्ण र भण्डारी सागर रहेका छन्। उनीहरूले UAE बाट कोबे बन्दरगाह हुँदै जापानमा लागूऔषध भित्र्याएको आरोप लागेको छ। घटनाबारे जापानी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।