जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.३ स्थितमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले उक्त स्थानमा खटि जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.३ बस्ने बर्ष ४८ को यकेन्द्र सुनार र  वडा नं. १४ बस्ने बर्ष २० को प्रशान्त सुनारलाई पक्राउ गरेको छ।

दुईजनालाइ शंकास्पद अवस्थामा फेला पारी निजको शरिर तथा घरकोठा खानतलासि गर्दा निजहरुको साथबाट पलाष्टिक सहित ७ ग्राम ८७० मिलिग्राम १०९ पुडीया र पलाष्टिक बाहेक शुद्द ३ ग्राम ७२० मिलिग्राम लागूऔषध ब्राउनसुगर, स्रोत नखुलेको नेपाली नगद रू.५ लाख१५ हजार ५ सय ५० रुपैया विल भरपाई नभएको निम्न सुनको गरगहना र  चाँदिको  गरगहना समेत बरामद गरेको हो।
 
प्रहरीले अभियुक्तहरुबाट सुनको माइली तिलहरी -५ थान, चन्द्रमा -५थान, औंठी-३२ थान, चन्द्रमा हार - १ थान, काँटा -८थान, पाइप ४थान, जुली-६थान टप-४ थान नथिया-२ थान बुलाकी-१थान फुली-१थान माला १-थान ,मंडरी -२ थान,औठी १-थान,चाँदीको सिक्री -३ थान, पाउजु ३०थान, औंठी-३२ थान, बिछिया-४ थान, सिक्का-२थान पाउजु अड्‌काउने - २८थान, बाला -१० थान पनि बरामद गरेको छ।

पक्राउ परेकाहरु माथि म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता महेन्द्र जङ्ग बुढथापाले जानकारी दिनु भयो ।