काठमाडौ:जिल्ला प्रहरी कार्यालय भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमी र जगातीको टोलिले रातभरि भक्तपुरका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका मसाज सेन्टरमा प्रहरीले आकस्मिक छापा मारी ६४ जनालाइ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमी र जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले एकैसाथ विभिन्न मसाज सेन्टरहरूमा अनुगमन तथा छापा मारेको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ४२ जना महिला र २२ जना पुरुष रहेका छन्। उनीहरूलाई सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जनाइएको छ।
अचानक गरिएको प्रहरी अपरेसनपछि भक्तपुर क्षेत्रमा ठूलो चर्चा र सनसनी फैलिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


0 comment