काठमाडौ : बिभिन्न मितिमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २ सानेपा स्थितमा डेरा गरि बस्ने मिनु झाँको डेरा कोठाबाट रु. १८ लाख ५० हजार बराबराको धनमाल र सोही स्थानमा बस्ने वविता छिनाल परियारको डेरा कोठाबाट रु. १५ लाख ३५ हजार बराबरको सुन चाँदीका गर-गहना,धनमाल चोरी भएको भन्ने घटना सम्बन्धमा यस जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेको थियो।
अनुसन्धान गर्ने क्रममा प्रहरीले चोरीमा सलग्न ब्यक्तिहरुलाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला खडक न.पा. वडा नं. १० स्थायी वतन भई हाल ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २ सानेपा खरिबोट बस्ने बर्ष २४ को समिर चौधरी ( चोरी गर्ने ),ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १० कुपण्डोल घर भई हाल ऐ. २ सानेपा डेरा गरी बस्ने वर्ष ४८ की पूजा शर्मा जोशी ( चोरीका गर-गहना बिक्री गर्ने ) भारत देश १३९ थतियाँ, थतियाँ, मुजफ्फरपुर (पश्चिमी) बालौर, मुजफ्फरपुर, बिहार ८४४१२० स्थायी वतन भई हाल काठमान्डौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं. १९ डेरा गरी वडा नम्बर २२ न्यूरोड प्यूखा चोक सुनपसल गरी बस्ने बर्ष  ४५ को  श्रवण कुमार ( चोरीका गर-गहना खरिद गर्ने, गाल्ने )रहेका छन।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको बिशेष टोलीले  उल्लेखित धनमालहरु चोरी गर्ने व्यक्तिहरुको बारेमा गोप्य रुपमा बुझ्दै खोजतलास गर्ने क्रममा विशेष सूचनाको आधारमा चोरी कार्यमा संलग्न लाइ
प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका ब्यक्तीहरुबाट ७२.६८० र ५.७९०  ग्रामको तौल भएको सुन १/१  ढिक्का ,२८.२८० ग्राम तौल भएको सुनको चुरा थान -१ , २.४४० ग्राम तौल भएको सुन रिङ थान १ र ७.३८० ग्राम भएको बाली र पेच १/१ थान , रातो पोते सहितको सुनको  ठुलो तिलहरी थान १ र सुनको चन्द्रमा थान१ र नगद रु. २२ लाख बरामद गरेको छ।
 दशीका सामान सहित पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता गौतम मिश्रले जानकारी दिनु भयो।