काठमाडौं - सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई पक्राउ गरिएको छ।  बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

परिश्रमीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । उनी फरार रहँदै आएका थिए । सरकारले सुकुम्वासी बस्ती हटाउने तयारी गरिरहँदा परिश्रमीलाई पक्राउ गरिएको हो । यसअघि सुकुम्वासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको अभियोगमा मुद्दा चलेको छ ।