ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ८ लुभू बसपार्क र गोवारी नगरपालिका वडा नं २ पात्लेछापमा अवैध लागूऔषधको खरिद बिक्री भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग गोदावारीबाट खटिएको प्रहरी टोलीले सो कार्यमा संलग्न निम्न ब्यक्तिहरुलाई लागू औषधका ट्याब्लेट र अवैध गाजा सहित पक्राउ गरेको हो।  

जिल्ला ललितपुर महालक्ष्मी नगरपापालिका वडा नं ९ लामाटार वस्ने वर्ष २४ को पुरुषोत्तम चौलागाई
जिल्ला सिन्धुली मरिन गाउपालिका ७ घर भई हाल काठमाडौको सिनामंगल बस्ने बर्ष २५ को अबिसेक थापा , जिल्ला धनकुटा खोकुछिन्तान घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ९ वस्ने वर्ष २७ को सुनिल राई, ललितपुर जिल्ला गोदावारी नगरपालिका वडा नं. २ बस्ने बर्ष ४४ को सरोज सिलवाल रहेका छन।

प्रहरीले पक्राउ परेकाहरुबाट निट्राजेपाम ट्याब्लेट IP 10 mg पत्तामा १० ट्याब्लेट भएको ७५ पत्ता जम्मा ७५० ट्याब्लेट,अवैध लागूऔषध गाजा ८.५ के.जी. ,नगद रू २ हजार१सय ३५रुपैया बरामद गरेको छ।
प्रहरी बृत सातदोबाटोमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रबक्ता 
गौतम मिश्रले जानकारी दिनु भयो।