लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके खजुरा गाउपालिका ५ बाट सोही ठेगाना भएका बर्ष २६ को अजिजुल रहमान खाँलाई लागु औषध खैरो हेरोईन २७५ ग्राम, डिजिटल तराजु थान-१, पेस्तोल जस्तो देखिने बस्तु थान-१, गोली २ राउण्ड, बिभिन्न बैंकको चेक थान-१ ३, गाडी थान-२ मोटरसाइकल थान-३ तथा सुनका गरगहना सहित पक्राउ गरी थप अनुसन्धान कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँके बुझाइएको छ ।
पक्राउ परेका प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भई रहेको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजले जानकारी गराएको हो।



0 comment