काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा ९३ मा  मा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ। 

यो  बजेट अधिवेशन समेत भएको हुँदा बजेटका बारेमा छलफल गर्न पनि बैठक आह्वान गरिएको हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नेछ । जेठ १५ भित्र संसद्बाट बजेट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ । 

ष्ट्रपति पौडेलले गत चैत १८ गते सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए ।