काठमाडौं - सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवालविरुद्ध अदालतले सात दिनको म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार अग्रवालमाथि थप अनुसन्धान गर्न म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले चैत २२ गते अग्रवाललाई नियन्त्रणमा लिएको थियो। उनी शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत हुन्। यसै प्रकरणमा विभागले अग्रवालका बाबु तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। यद्यपि, उनलाई पछि हाजिरी जमानीमा रिहा गरिएको छ।
अनुसन्धानका क्रममा इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार फेला परेपछि शंकरलाल अग्रवाल पक्राउ परेका थिए। त्यसको भोलिपल्टै उनका छोरा सुलभ अग्रवाललाई पनि नियन्त्रणमा लिइएको हो।



0 comment