काठमाडौं - बलात्कारको आरोपमा नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले सोमबार मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

मल्लविरुद्ध एक महिलाको जाहेरीकझ आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । आफूलाई गायिका बताउँने एक महिलाले मल्लले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।