काठमाडौं- नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कनेक्सनको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
एमालेले अनियमितताका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गर्दै गृहमन्त्रीलाई अनुसन्धान प्रक्रियालाई सहज र प्रभावरहित बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएका कतिपय सवालमा आशंका मात्र उत्पन्न नगरी विगतमा भएका सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत उजागर हुन सक्ने सङ्केत गरेको छ ।
गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने एमालेको माग छ ।



0 comment