काठमाडौ:नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताहरु बारे महत्वपुर्ण निर्णयहरु गरेका छन्। 
बैठकले बैशाख १६ देखि १८ गतेसम्म नेशनल रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप गर्ने निर्णय सँगै  प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी काठमाडौं स्थित क्षेत्रपाटी क्लवलाई प्रदान गरिएको छ ।
यस्तै जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २७ औं खुल्ला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेशनल ‘बी’ छनौट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेकाे छ।
राष्ट्रिय बी छनौट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवस्थापनको जिम्मेवारी काँकडभिट्टा स्थित नाइट चेस क्लब लाई प्रदान गरिएको छ।